top of page

आधारभूत विश्लेषणको (फन्डामेण्टल एनलाइसीस)

Updated: Oct 6, 2020


Click above ↑ for youtube video


नमस्कार साथीहरु, म उज्ज्वल।

यो लेख इस्टक वा शेयरको आधारभूत विश्लेषणको (फन्डामेण्टल एनलाइसीस) सरल तरिका बारे हो।

लामो समयका लागि शेयर किन्न मन भए फन्डामेण्टल एनलाइसीस गरिन्छ। छोटो समयका लागि किन्ने लगानीकर्ता वा ट्रेडरहरुले पनि प्रयोग नगर्ने त हैन, तर उहाहरुले प्राविधिक विश्लेषण बढी रुचाउनु हुन्छ।

शेयरको आधारभूत विश्लेषणका अनेक तरिका छन् र सबै सिक्न त आजीवन लाग्छ। तर यहाँ चै म उपकरणहरुका एउटा संयोजन बारे र लामो समयसम्म पोर्टफोलियोमा राख्ने शेयर कसरी छान्ने बारे बताउछु।

यसले तपाइलाई किन्ने (buy), बेच्ने (sell) वा साँच्ने (hold) भन्ने निर्णय लिन मद्दत गर्नेछ। पहिलो कदम भनेको कम्पनीको वित्तिय प्रस्तुति (financial performance) हेर्नु हो।


सुरुमा कम्पनीको अघिल्ला वर्षका वित्तिय पर्फर्मेन्स खोज्नु पर्छ। विगतको वित्तिय प्रस्तुतिको (पर्फर्मेन्सको )मुल्यांकनबाट कम्पनीको वृद्धि, आय, नाफा वा नोक्सान बारे र कम्पनीले स्वपुंजी कतिको कुशलतापुर्वक उपयोग गर्दैछ भन्ने थाहा पाइन्छ। यसका लागि, हामीले कम्पनीको अघिल्ला ५ देखि १० वर्षका डाटा हेर्न सक्छौं । त्यो जानकारी कम्पनीको वेबसाइटको लगानीकर्ताको सेक्सनमा वा तेस्रो-पार्टी वेबसाइटमा भेटिन्छ । खयाल गर्नु पर्ने कुरा, वित्तिय विवरणलाई मात्रै अलग्याएर चाहिँ सूचकको रुपमा हेर्नु हुन्न, बरु अरु परिसूचकहरुको संयोजनमा हेर्नु पर्छ ।


तसर्थ, पहिलो कुरा वित्तिय पर्फर्मेन्स हो । वित्तिय पर्फर्मेन्समा पहिले आम्दानी (अर्निङ्ग्स ) र खुद नाफा (नेट प्रोफिट) हेर्छौं । यिनले चै कम्पनीले कति पैसा कमाउँदै छ र भविष्यमा कति कमाउनेछ भन्ने बताउँछ ।

यस्तो कम्पनि खोज्नुपर्छ जसको आय र खुद नाफा दुवै लगातार, वर्षेनि बढ्दो छ र त्रैमासिक पिच्छे बढेको भए त झनै राम्रो । कम्पनिको आय र खुद नाफा घटेको भए कम्पनिले ठुला ग्राहक वर्ग गुमाएको वा आफ्ना उत्पादन वा सेवा बेच्न छाडेको, वा आफ्नो प्रतिस्पर्धात्मक धार गुमाएको भन्ने जनाएको हुन सक्छ । त्यति भन्दाभन्दै थोरै कमाउने वा घाटामा भएका कम्पनीलाई विचार नै नगर्नु भन्ने होइन । कहिलेकाही, बिस्तारको सुरुवाती चरणमा भएको तर पैसा कमाउने दमदार योजना भएको पनि हुन सक्छ।एमाजोन जस्तो विशाल कम्पनि पनि कुनै समयमा घाटामा थियो । त्यसैले त्यस्ता आउटलायर्स छन् कि भनी खोजौं । सारांशमा, राम्रो कमै वको कम्पनि खोज्ने हो तर तपाईंको विश्लेषण अनुसार कम्पनी उँभो बध्छा जस्तो लाग्छ भने नकारात्मक आय (नेगेटिभ अर्निंग) भएको एमाजोन जस्तो कम्पनीले पनि धैर्यधारण गरे राम्रो प्रतिफल दिनसक्छ ।


दोस्रो कुरा फ़ैनन्सिअल रेसियो (financial ratio)हो किनकि यसले कम्पनी-कम्पनी बीच तुलना गर्न मद्दत पुर्याउँछ । पहिलो अनुपात सामान्य प्रति शेयर आय (बेसिक इ.पी,एस.) हो जसले कम्पनीले हरेक शेयर आउटस्ट्याण्डिङ्ग बापत कति कमाउँछ भन्ने बताउँछ । सामान्यता: इ.पी,एस. बढी भयो भने मुनाफा पनि बढी हुन्छ. इ.पी,एस. बढी हुनु भनेको कम्पनी संग प्रति शेयर्-होल्डर टन्न पैसा छ, त्यसैले लाभांश पाउने सम्भावना पनि प्रबल छ। बलियो इ.पी,एस. ले कम्पनीमा वृद्धि-विस्तारको सम्भावना भएको पनि बुझाउँछ । लगातार, वर्षेनि बढ्दो इ.पी.एस भएको कम्पनी रोज्दा राम्रो हो । इ.पी.एस धेरै प्रकार का हुन्छन् तर कम्पनीको वेब्साइत्को कम्पनी रिपोर्टमा भेटाइने बेसिक इ.पी.एस. हेरे पुग्छ । अब, बलियो इ.पी.एस. भनेको चै के हो त?


यसका लागि, हामीले औद्योगिक औसत (इण्डस्ट्रि एभरेज ) हेर्नुपर्छ । म एउटा उदाहरण दिन्छु, नेपालमा कमर्सियल बैंकको औसत २० देखि २५ को बीच पर्छ, त्यसैले हामीले त्यो भन्दा बढी इ.पी,एस. भएको शेयर रोज्दा राम्रो हो । एउटा महत्वपुर्ण कुरा ख्याल राख्नुपर्ने हुन्छ यसरी तुलना गर्दा, एउटै फाँट वा उस्तै व्यवसायका कम्पनीको मात्र तुलना गर्न मिल्छ । बैंक र होटलको तुलना गर्न त बुद्धिमानी हुन्न नि, है?

तपाईंले नगद इ.पी,एस. (क्यास इ.पी,एस ) लाई पनि हेर्न सक्नुहुन्छ । यो चै बेसिक इ.पी,एस. भन्दा अलिक कनजरर्भेटिभ छ । यसले कम्पनीले हरेक शेयर बापत कति नगद कमाएको छ भन्ने हेर्छ । बेसिक इ.पी,एस जस्तै यो पनि जति धेरै भयो उत्ति राम्रो मानिन्छ ।

अब, अर्को छ (नेट प्रोफिट मार्जिन), खुद मुनाफा मार्जिन: यसले एउटा बिक्रिबाट कम्पनीले कति मुनाफा कमाउन सक्छ भन्ने कुरा बताउँछ । यसलाई प्रतिशतमा व्यक्त गरिन्छ । यसको % बढी हुनुको मतलब कम्पनीले ग्राहकलाई धेरै मुल्यमा सामान/सेवा बेच्न सकेछ र कम्पनीको गोजीमा टन्न मुनाफा बस्छ । त्यै भएर, खुद मुनाफा चै हेरेकै राम्रो हो ।

फेरि अर्को हेरौं, कर्जा स्वपुंजी अनुपात, वा डेब्ट- इक्विटी अनुपात वा लेभेरेज वा गियारिंग, धेरै वटा नाम है? जे होस्, यो अनुपातले कम्पनिको वित्तिय श्रोत सङ्कलन कसरी भएको छ भन्ने बताउँछ । धेरै कर्जा भएका कम्पनी प्राय: जोखिमपूर्ण हुन्छन् किनकि यदि कम्पनी घाटामा गयो


भने पनि त्यसले आफ्नो कर्जा चुक्ता गर्नै पर्छ जसले गर्दा कम्पनी टाठ पल्टिन पनि सक्छ । यस्तो कम्पनीमा त तपाईं पक्कै लगानी गर्न चाहनुहुन्न नि है? तेसैले, सधै थोरै कर्जा भएको कम्पनी रोज्नुपर्छ । सामान्यतः यो अनुपात ०.५ भन्दा कम भएको राम्रो मानिन्छ ।

अर्को आउँछ आर.ओ. सी. इ (रिटर्न अन् क्यापिटल इम्प्लोइड ) यसले कम्पनीले कति कुशलतापुर्वक आफ्नो पुँजीको उपयोग गरेको छ भन्ने कुरा नाप्छ । धेरै आर.ओ. सी. इ भएको कम्पनी लगानीका लागि राम्रो हो किनभने यसले आफ्नो वित्तिय श्रोतहरु माथि कम्पनीको राम्रो पकड भएको र व्यवसाय राम्ररी चलाउन सक्छ भन्ने जनाउँछ ।

अघि बढौं, प्रति शेयर लाभांश हेरौं । यसका लागि, सर्वप्रथम, लाभांश भनेको के हो बुझौं - लाभांश भनेको कम्पनीको मुनाफाको अंश हो जुन कम्पनीले आफ्ना शेयरधनीहरुलाई बाड्छ । एकनासको र बढ्दो प्रवृतिको शेयर लाभांश भएको कम्पनी आकर्षक लगानी हो जसले लगानीकर्तालाई शेयर नबेच्ने कारण दिइराख्छ ।

त्यसैगरी, पीइ अनुपात र पीइजी अनुपात अरु परिसुचाखारू हुन् जसबाट शेयर हुनुपर्ने भन्दा कममा मुल्यांकन (undervalue) भएको हो कि हैन थाहा पाइन्छ । यी अनुपात कम भएकै राम्रो मानिन्छन् ।

तपाइंले कम मुल्यांकन (अन्डरभ्यालु)भएका शेयरमा लगानी गर्नुपर्छ जसको मूल्य धेरै रुपैंयाले वृद्धि हुन सक्छ ।

तर मैले पहिले भनेझैं, यीमध्ये कुनै पनि परिसुचकलाई एक्ला-एक्लै हेरर लगानीको निर्णय लिनु हुँदैन ।

खुंखार लगानीकर्ता वारेन बफेटले भन्नु हुन्छ "म शेयरमा लगानी गर्दिन, म व्यवसायमा लगानी गर्छु". त्यसैले यो बुझ्नु र केलाउनु पर्ने महत्वपुर्ण कुरा हो कि तपाईं केमा लगानीगर्दै हुनुहुन्छ? त्यो कस्तो प्रकारको व्यवसाय हो? त्यो कतिको बढ्न सक्छ? के त्येसको भविष्य छ, राम्रो भविष्य?

यसका लागि तपाईंले कोम्पनिको वित्तिय विवरण पढ्नुपर्ने हुन्छ। मैले अघि भने झैँ यो कम्पनीको वेबसाइटमा वा लगानीकर्ता सेक्सनमा पाइन्छ ।

तपाईंले शुक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ। आजैबाट तपाईंले एउटा कुरा गर्न थाल्नु पर्ने हुन्छ यदि तपाईं शेयरमा लगानी गर्न चाहनु हुन्छ भने... त्यो हो कम्पनीको वार्षिक प्रतिवेदन (आनुअल रिपोर्ट) र वित्तिय विवरण पढ्ने। धेरै जनाले पुराना ३ वर्षका प्रतिवेदन पढ्न रुचाउनु हुन्छ। यसो गर्नाले कम्पनीले के के गरि आउंदै छ, आफ्नालागि के-कस्ता उद्देश्यहरु लिएको छ र कतिको लक्ष्यहरू पुरा गरेको छ भन्ने बारे राम्रो दृष्टिकोण पाइन्छ। व्यवसायको उद्देश्य स्पष्ट र समयापाबन्ध भए-नभएको आधारमा कम्पनीका व्यवस्थापक कतिका प्रोफेसनल र महत्वाकांक्षी छन भन्ने बुझ्न सकिन्छ, हैन त?


त्यसपछि भविष्यका योजनाहरुमा हेर्नुहोस्। कम्पनीको भविष्यका योजनाहरू हेरेर, तपाईंले कम्पनीको नेतृत्व कुन दिशामा छ भन्ने ज्ञान पाउन सक्नुहुनेछ । के कम्पनीले नयाँ व्यवसाय सुरू गर्न गइरहेको छ, के यसले आफ्नो हालको ब्यापार विस्तार गर्ने सोचमा छ? के कम्पनीले विदेशमा शाखा खोल्ने योजना बनाइरहेको छ? त्यस्ता सबै प्रश्नहरूको जवाफ कम्पनीको भविष्यका योजनाहरूको विश्लेषण गरेर पाइन्छ । यी सबै चरणहरू पार गरिसकेपछि, अब हामी यो पत्ता लगाउन सक्दछौं कि कम्पनी भविष्यमा कस्तो देखिन्छ? कस्तो प्रकारको आयको आशा गर्न सकिन्छ? र आगामी ३ देखि ५ बर्षमा नाफा कस्तो हुन सक्छ? अब तपाईं ठ्याक्कै सहि संख्या अनुमान गर्न सक्नुहुन्न होला तर तपाईं पक्कै पनि सरदर उचित अनुमान गर्न त सक्नुहुन्छ नि!


अर्को महत्त्वपूर्ण कदम आफै ब्रेनस्टोर्म (brainstorm) गर्नु हो। यसको लागि, सबै तार्किक र तर्कसंगत कारणहरू लेख्नुहोस्. किन मैले यो कम्पनीको स्टकमा लगानी गर्नु पर्छ वा गर्नु हुदैन? भनिन्छ कि "कम्पनीको पूर्ण विश्लेषण गरेपछि यदि तपाईं किन स्टकमा लगानी गर्नुपर्दछ भन्ने तर्कसंगत कारणहरूले एक पृष्ठ भर्न सक्नुहुन्न भने, तपाईंले लगानी गर्नु हुँदैन, नगरेकै जाति।"

अब अन्तिम र सब भन्दा महत्त्वपूर्ण चरण सही मूल्यको लागि पर्खिनु हो। कम्पनी राम्रो र लगानी गर्न लायक हुनुको मतलब यो होइन कि तपाईंले झ्याम्मै हाम फाली हाल्नुपर्छ । तपाईंले बजार सुधारको (मार्केट करेक्सन) लागि पर्खनु पर्दछ, कम मूल्यमा स्टक किन्नको लागि। तपाइँ अनुशासित र धीर हुनुपर्दछ !

त्यसपछि अब पालो लामो पर्खाइको रहेको छ, तपाईंको लगानीलाई बढ्नको लागि समय दिनुहोस्। जब तपाईं स्टक बेच्ने समय भएको महसुस गर्नुहुन्छ, तपाईं प्रत्येक रैलीमा थोरै परिमाणमा बेच्न सक्नुहुनेछ। तपाईंलाई दुखको काम जस्तो लाग्ला, तर बिश्वास गर्नुस, तपाईंको मेहनतको फल मिठो हुनेछ।





Special Thanks to Asmita Thapa for Nepali translation


 
 
 

Comments


bottom of page